सुन तस्करी प्रकरण

गृहमन्त्री श्रेष्ठले गरे विमानस्थलको आकस्मिक निरीक्षण

नेपालभ्युज

गृहमन्त्री श्रेष्ठले गरे विमानस्थलको आकस्मिक निरीक्षण

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकास्मिक निरीक्षण गरेका छन् । विमानस्थल बाहिरबाट करिब एक सय केजी सुन बरामद भएको दुई दिनपछि गृहमन्त्री श्रेष्ठ विमानस्थलको निरीक्षणका लागि गएका हुन् ।

गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि निरीक्षणका लागि गएका छन् । निरीक्षण टोलीमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन बरामदपछि अनुसन्धानका लागि प्रहरीले १० जनलाई पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved