बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक, ‘छक्का पञ्जा-४’ र ‘पठान’ ले कमाए सबैभन्दा बढी

नेपालभ्युज

बोर्डद्वारा बक्स अफिस रिपोर्ट सार्वजनिक, ‘छक्का पञ्जा-४’ र ‘पठान’ ले कमाए सबैभन्दा बढी

काठमाडौं। चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्महरूको ग्रस बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ।

बोर्डले एक सूचना जारी गर्दै ग्रस कलेक्सनसँगै प्रदर्शन प्रारम्भ भएको मिति तथा टिकट बिक्री सङ्ख्यासहितको विवरण सार्वजनिक गरेको हो।

नेपाली फिल्मतर्फ २०७९ फागुन १९ मा रिलिज भएको ‘छक्का पञ्जा–४’ ले सर्वाधिक १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने सबैभन्दा कम २०७९ भदौ ३१ गते प्रदर्शनमा आएको फिल्म ‘सिवानी’ ले मात्र पाँच सय बीस रुपैयाँ कलेक्सन गरेको छ ।

विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘पठान’ ले १३ करोड २८ लाख आठ सय दश रुपैयाँ कलेक्सन गरेको छ । सबैभन्दा कम भोजपुरी फिल्म ‘रिश्तो का बटवरा’ ले दुई हजार एक सय साठी रुपैयाँ कलेक्सन गरेको छ ।

गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी फिल्महरू प्रदर्शनमा आएका थिए । त्यसमध्ये स्वदेशी फिल्महरूको २७ लाख १६ हजार २ सय १७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ भएको छ ।

गत आर्थिक वर्ष नेपालमा ७८ वटा विदेशी फिल्महरू नेपालमा प्रदर्शन भएका छन् । ती फिल्महरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रीसहित जम्मा ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७ सय ४८ रुपैयाँ ७० पैसा भएको छ ।

प्रदर्शनरत दुई नेपाली फिल्महरू ‘बगान’ तथा ‘जारी’ तथा दुई विदेशी फिल्महरूको गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ गते सम्मको रिपोर्ट समावेश गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved