मौलाकाली केवलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

नेपालभ्युज

मौलाकाली केवलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

काठमाडाैं । मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुट सहित इभिनिङ अफर ल्याएको छ । अफर साउनदेखि लागू हुने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत प्रत्येक बुधवार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले बताए । हाल केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५०  कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरूले रु. २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् ।

यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

‘दिउँसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ’, केबलकारका स्टेसन म्यानेजर पौडेल बताउँछन् ।

मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरूको तुलनामा यो सिजनमा भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मौलाकाली केबलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्या करिब २५ प्रतिशतले बढेको बताए ।

गर्मी, वर्षात् , खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरूमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ ।

धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिँदै आएको छ ।

शनिवार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केबलकार सञ्चालन हुने गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved