श्रमिकको ज्याला बढाउन माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन

नेपालभ्युज

श्रमिकको ज्याला बढाउन माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको ज्याला बढाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माइतीघरमा भेला भएका ट्रेड युनियन कांग्रेसका नेता, कार्यकर्ताले श्रमिकको ज्याला बढाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

हरेक दुई वर्षमा श्रमिकको पारिश्रमिक बढाइरहनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । श्रमिकको ज्यला मासिक कम्तिमा २५ हुनुपर्ने पनि उनको भनाइ छ ।

त्यस्तै श्रम आयोग गठन हुनुपर्ने, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू हुनुपर्ने उनीहरुको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved