भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, घट्यो पेट्रोलको मूल्य

नेपालभ्युज

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, घट्यो पेट्रोलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले भारतबाट पेट्रोलको मूल्य घटेर तथा डिजेलको बढेर आएको जनाएको छ। निगमका अनुसार शनिबार साँझ आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमा ३४ पैसाले घटेको छ भने डिजेलको मूल्य  २ रुपैयाँ बढेर आएको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

आईओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्य निर्धारण गर्नेबारे निर्णय गर्ने निगमको तयारी छ ।

निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ । पछिल्लो पटक निगमले इन्धनको मूल्य समायोजन गरेपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved