भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

नेपालभ्युज

भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

नयादिल्ली। भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन र अल इन्डिया रेडियोले शनिबार जनाएको छ ।चट्याङसहित परेको भारी वर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् ।

भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ ।

सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved