रातको समयमा अनुहारमा मह लगाउदा हुने फाइदाहरु

नेपालभ्युज

रातको समयमा अनुहारमा मह लगाउदा हुने फाइदाहरु

एजेन्सी । छालालाई धेरै प्रकारका चिजहरु प्रयोग गरिन्छ । छालाका लागि अप्राकृतिक भन्दा प्राकृतिक चीजहरु नै धेरै फाइदाजनक हुन्छन् । त्यसैले रातको समयमा मह लगाउँदा पनि छालामा धेरै प्रकारका लाभहरु पाउन सकिन्छ ।
अनुहारमा मह लगाउनाले सुख्खा छाला पनि मुलायम हुन्छ । त्यसैले तपाईंले रातमा अनुहारलाई राम्रोसँग सफा गरेर मह लगाएर सुत्न सक्नुहुन्छ ।

  •  अनुहारमा प्राकृतिक चमक ल्याउनका लागि तपाईं महंगो क्रिमहरु भन्दा प्राकृतिक महको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई रातमा दैनिक रुपमा लगाउँदा अनुहारमा चमक आउँछ ।
  •  त्यस्तै रातमा मह लगाएर सुत्ने गरेमा अनुहारमा फोहोर जम्मा हुँदैन जसले गर्दा ब्याल्क हेडहरु पनि बन्न पाउँदैन ।
  • ओंठहरु फुट्ने समस्या छ भने पनि प्राकृतिक लिपवामको रुपमा महलाई प्रयोग गर्न सकिन्छ । महले डढेको ओंठलाई राम्रो बनाउनुका साथै मुलायम पनि बनाउँछ ।
  •  रातमा मह लगाउँदा एकदमै पातलो लेयर मात्र लगाउनुहोस् किनकी बाक्लो लगाउनुभयो भने तपाईंको कपडामा टाँसिने डर हुन्छ ।
  •  त्यस्तै तपाईंले ओंठहरुबाट मरेका छालाहरुलाई बाहिर निकाल्नका लागि महमा थोरै चिनी मिसाएर केहीबेर ओंठमा लगाएर हल्का हातले मसाज गर्नुहोस् । यसरी ओंठहरु मुलायम तथा प्राकृतिक रंगका हुनेछन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved