मन्त्री किरातीले गरे हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त

नेपालभ्युज

मन्त्री किरातीले गरे हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

जनकपुरधाममा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले सरकारले दुर्घटनाको यथार्थ छानबिन गर्ने बताए ।

मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताए । ‘हुन त आकाशमा के हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । तथापि प्राविधिक तथा अन्य कारणले हुने दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ भन्ने सरकारको स्पष्ट नीति छ’, मन्त्री किरातीले भने ।

त्यसैगरी उनले आज भएको हेलिकप्टर दुर्घटनाबारे सरकारले अध्ययन समिति बनाएर छानविन गर्ने र दुर्घटनाको कारणसमेत पहिचान गर्ने बताए ।

आज बिहान ९ः५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडान भरेको कल साइन ९ एनए–एमभी भएको हेलिकप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएकामा सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

हेलिकप्टरमा सवार पाइटलसहित छ यात्रु सबैको मृत्यु भएको थियो । हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved