रोजगारीका लागि भारत गएका एकै परिवारका तीन नेपालीको पहिरोमा पुरिएर मृत्यु

नेपालभ्युज

रोजगारीका लागि भारत गएका एकै परिवारका तीन नेपालीको पहिरोमा पुरिएर मृत्यु
फाइल तश्वीर

काठमाडौं। भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ।

सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर रुकुम पश्चिमको त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो।

त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए।

उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए। देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र वली पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए।

तर, सोमबार बिहान पहिरो आउँदा बाहिर भएकाले जोगिएको खबर आफूले पाएको वडाध्यक्ष खड्काले बताए। कान्छा छोरा मोहन भने यसै वर्षमात्र एसईई परीक्षामा सहभागी भएर भारत गएका थिए। अहिले गाउँमा भने बुहारीमात्रै रहेको खड्काले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved