गगन थापाले भने- ‘म प्रधानमन्त्री बन्ने प्रयासमा छु’

नेपालभ्युज

गगन थापाले भने-  ‘म प्रधानमन्त्री बन्ने प्रयासमा छु’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन्। शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताए।

नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरूबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने बताए।

कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा आफू लाग्ने उनले सुनाए।

उनले भने, ‘‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ। तर, म थाकेको छैन, हारेको छैन’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved