कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आइतबार पेशी

एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीको तर्फबाट सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आइतबार पेशी तोकिएको छ ।

नेपालभ्युज

कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आइतबार पेशी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध नेकपा (एमाले) सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीको तर्फबाट सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आइतबार पेशी तोकिएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार गरेको थापाको मुख्यमन्त्री नियुक्ति नेपालको संविधानविपरीत भएको रिट निवेदनमा उल्लेख छ । रिटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ ।

यसअघि गठबन्धन दलहरूले सभामुख बाबुराम गौतमको समेत मतलाई गनेर बहुमत पुर्‍याएर सरकारमा दाबी पेश गरेका थिए । यसकाविरुद्ध एमाले सर्वोच्च पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved