कोशीका नवनियुक्त मुख्यमन्त्रीविरुद्ध अदालत जाँदै निवर्तमान मुख्यमन्त्री

नेपालभ्युज

कोशीका नवनियुक्त मुख्यमन्त्रीविरुद्ध अदालत जाँदै निवर्तमान मुख्यमन्त्री

काठमाडौं । गैरसंवैधानिक ढंगमा मुख्यमन्त्री नियुक्त भएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्की अदालत जाने भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बिहीबार असंवैधानिक ढंगमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कार्की अदालत जाने भएका हुन् ।

सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको एमालेको ठहर छ । कार्की आजै अदालत जाँदैछन् ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

थापालाई चार दलको समर्थन भए पनि बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गरेर चार दल र सभामुखको समर्थन देखाउँदै प्रदेश प्रमुखसमक्ष दाबी पेश भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved