कोशी प्रदेश प्रमुखलाई एमालेको ज्ञापनपत्र- ‘सभामुख गन्नू संसदीय मूल्यविपरीत’

नेपालभ्युज

कोशी प्रदेश प्रमुखलाई एमालेको ज्ञापनपत्र- ‘सभामुख गन्नू संसदीय मूल्यविपरीत’

विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) ले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । सभामुख बाबुराम गौतमलाई समेत गनेर गठबन्धनले सरकारको दाबी गर्न लाग्दा एमालेले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सभामुख गन्न नमिल्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएको र सरकार गठनमा गणना गरिए कानून, संसदीय मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत हुने भन्दै एमालेको ठहर छ ।

गठबन्धनले सभामुख गौतमलाई माओवादी केन्द्रको सांसद नै गनेर ४७ सांसदको हस्ताक्षरसहित साढे ४ बजे सरकारको दाबी गर्दैछ । सभामुख गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी केन्द्र त्यागेको घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved