कोशीमा मुख्यमन्त्री दाबी गर्ने आज अन्तिम दिन, बहुमतको टुंगो नभई थापाले दाबी पेश गर्दै

नेपालभ्युज

कोशीमा मुख्यमन्त्री दाबी गर्ने आज अन्तिम दिन, बहुमतको टुंगो नभई थापाले दाबी पेश गर्दै

विराटनगर। कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो ।

एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले बहुमतसहित सरकारको दाबी गर्न दिएको समय आज सकिँदैछ ।

अहिलेको गठबन्धन अनुसार कोशी प्रदेशमा कुनै पनि पक्षसँग बहुमत छैन । ६ सिट भएको राप्रपालाई नेपाली कांग्रेसले फकाएपनि अहिलेसम्म राप्रपाले  जवाफ दिएको छैन ।

तर सभामुख बाबुराम गौतमलाई समेतलाई जोडेर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको तयारी छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका हुन् ।

राप्रपाले समर्थन नगरे मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत नपाउने अवस्था छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ ।

विश्वासको मत प्रयोजनका लागि बराबरी भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved