मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ– उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ– उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको बताएका छन्।  बुधबार काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

सरकारले देशका विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल बनाई विपद् न्यूनीकरण एवं व्यवस्थापनका लागि काम गरिरहेको छ ।

अवलोकनपछि विपद् व्यवस्थापनका लागि तत्कालै सहायता गर्न जानसक्ने श्रोत, साधन र जनशक्ति एवं सामग्रीहरूको निरीक्षण गरेको बताए । उनले विपद् न्यूनीकरणका लागि सरकारले धेरै सुधार गर्नुपर्ने र सोहीअनुसार सरकार अघि बढिरहेको पनि बताए ।

‘नेपाल विपद्को जोखिमयुक्त देश हो भन्ने थाहा छँदैछ । त्यसैले हामीले मन्त्रालयअन्तर्गत विपद् जोखिम शाखा, र इकाइहरु बनाएर काम गरिरहेका छौँ’ गृहमन्त्री श्रेष्ठले भने, ‘मानवीय सहायता स्थल ११ स्थानमा बनाएर काम गरिरहेका छौँ । विपद्का लागि तत्कालै सहायता गर्न सुगम स्थलमा जहाँबाट तत्काल सहायता पठाउन सकियोस्, त्यसमध्ये यो एउटा हो र यसमा हामीले काम गरिरहेका छौँ । विपद् जोखिम न्युनिकरण र व्यवस्थापनका लागि विगतका अनुभवबाट शिक्षा लिँदै आवश्यक तयारीका काम अघि बढाइरहेका छौँ ।’

मन्त्री श्रेष्ठले सरकारले जोखिमलाई न्युनिकरण र व्यवस्थापनको तयारी व्यवस्थित र प्रभावकारी बनाएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved