झापामा लागुऔषध बिक्री-वितरण गरिरहेको आरोपमा दुई युवती पक्राउ

नेपालभ्युज

झापामा लागुऔषध बिक्री-वितरण गरिरहेको आरोपमा दुई युवती पक्राउ
सांकेतिक तस्वीर

झापा । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षीया सन्ध्या राई र शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना विक रहेकी छन् ।

आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो ।

यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved