प्रियंका चोपडाको सुन्दरताको रहस्य तपाईं पनि जान्नुहोस्

नेपालभ्युज

प्रियंका चोपडाको सुन्दरताको रहस्य तपाईं पनि जान्नुहोस्

एजेन्सी । बलिउडकी देसी गर्ल प्रियंका चोपडा आफ्नो छालामा बढ्दो उमेरका लक्षणहरुलाई कम गर्नका लागि आमाले सिकाएका केही घरेलु तरिकाहरु प्रयोग गर्छिन् ।

आज तपाईं पनि जान्नुहोस् उनले आफ्नो सुन्दरताका लागि कस्ता उपायहरु अपनाउछिन् ।हालै दिइएको एउटा अन्तरवार्तामा प्रियंकाले भनेकी छन् कि उनी हरेक रात सुत्नुअघि आफ्नो अनुहारमा नरिवलको तेल लगाउने गर्छिन् । यस तेलमा प्राकृतिक मोइस्चराइजिंग गुणहरु हुन्छन्, जसले अनुहारको चमक बढाउन सहयोगी हुन्छन् ।

दैनिक रात सुत्नुअघि प्रियंकाले नरिवलको तेलले अनुहार मसाज गर्छिन् । मसाज गरिसकेपछि उनले तातो पानीमा भिजाएको तौलियाले राम्रोसँग अनुहार सफा गर्छिन् जसले गर्दा अनुहारको चमक बढ्छ ।

प्रियंकाका अनुसार उनी कुनैबेला काममा यति व्यस्त हुन्छिन् कि उनको निद्रा पनि पूरा हुँदैन । निद्रा पूरा नहुँदा छालामा एकदमै नराम्रो असर पर्छ जसबाट बच्नका लागि उनी नियमित रुपमा एकदमै धेरै मात्रामा पानी पिउँछिन् ।

खराब खानपान तथा अनिद्राको कारण छाला एकदमै मरेतुल्य हुन थाल्छ, त्यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी पिउँदा छालामा नमी प्रदान गर्छ । छाला एकदमै सुन्दर तथा चम्किलो देखिने गर्छ ।

त्यस्तै, प्रियंकाले आफ्नो छालामा पिठो र बेसारले बनेको लेप लगाउने गर्छिन् । बेसारमा करक्यूमिनका एन्टीअक्सीडेन्ट गुण हुन्छन् जसले पिठोमा मिसिएपछि त्यसले राम्रो काम गर्छ । जसले गर्दा छालासँग जोडिएको धेरै समस्याहरु कम हुँदै जान्छन् ।

त्यस्तै, प्रियंकाले दैनिक स्नान गरिसकेपछि छालामा सधैं अर्गेन आयल लगाउँछिन् । यसले छालालाई एकदमै मुलायम बनाउनुका साथै छाला लामो समयसम्म सुख्खा हुनबाट जोगिन्छ । यसरी छाला सधैं चम्किलो देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved