मणिपुरमा फेरि हिँसा भड्कियो,  ४ जनाको मृत्यु

नेपालभ्युज

मणिपुरमा फेरि हिँसा भड्कियो,  ४ जनाको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा फेरि हिँसा भड्किएको छ ।

मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ ।

आदिवासी जनजाति लिडर्स फोरमले विज्ञप्ति जारी गर्दै कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी गरेको छ ।

गत वैशाख ३ गतेदेखि राज्यमा हिंसा सुरु भएपछि गाउँलेहरूले आफ्नो सुरक्षाका लागि पहाडमा बङ्कर बनाएको प्रहरीले जनाएको छ । आक्रमणकारी पहाडबाट आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved