सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुईजना घाइते

नेपालभ्युज

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुईजना घाइते
सांकेतिक तस्वीर।

काठमाडौं। सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु  तिनधारेस्थित सडकमा स्कुटर दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

बा.९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ङा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएकी स्कुटरमा अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, तनहुँको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा आइतबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा धादिङको नेत्रावती गाउँपालिका–४ का मोटरसाइकलचालक अन्दाजी २७ वर्षीय सागर तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved