नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन

नेपालभ्युज

नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन

काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरूले ‘पञ्चायती ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई ? शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

युनियनका अध्यक्ष नेत्र चापागाईले शिक्षामा पञ्चायती ऐनको विरुद्धमा अर्धनग्न प्रदर्शन गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved