पढेलेखेकालाई अनपढले ठग्ने प्रवृत्ति बढ्यो – काठमाडौं प्रहरी प्रमुख कार्की

नेपालभ्युज

पढेलेखेकालाई अनपढले ठग्ने प्रवृत्ति बढ्यो – काठमाडौं प्रहरी प्रमुख कार्की

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो समयमा वैदेशिक रोजगारको नाममा, शैक्षिक कन्सल्टेन्सी तथा शैक्षिक परामर्शका नाममा, अनलाइन सामान बेचबिखन र सामाजिक सञ्जालमा विभिन्न प्रलोभन पार्ने हिसाबले ठगी भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौं जस्तो देशको राजधानीमा ठगी र चेक बाउन्सको अपराध बढेको बताए। एसएसपी कार्कीले आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

‘काठमाडौं जस्तो शिक्षितहरू बस्ने ठाउँमा पनि चेक बाउन्स र ठगीका केशहरू बढेका छन्,’ उनले भने, ‘पछिल्लो समयमा हामीले त्यसलाई मध्यनजर गरेर अनुसन्धान अगाडि बढाएका छौँ ।’ विभिन्न बहानामा विनापैसाको चेक दिएर ठगी भइरहेको प्रहरीले जनाएको छ ।

एसएसपी कार्कीले पढेलेखेका र व्यवसाय गरेका नागरिकलाई अनपढ र व्यवसाय नगर्ने व्यक्तिहरूले ठगी गरिरहेको बताएका छन् । ‘नक्कली डाक्टरले सक्कली डाक्टर ठग्ने, व्यवसाय नगरेको व्यक्तिले व्यवसायी ठग्ने खालको प्रवृत्ति देखिएको छ,’ एसएसपी कार्कीले भने ।

आर्थिक वर्ष २०८९्\०८० मा काठमाडौं प्रहरीमा मात्रै ८ हजार ४ सय ४२ चेक अनादरका उजुरी परेको छन् । ठगीमा यो आर्थिक वर्षमा ३ सयभन्दा धेरै उजुरी परेको छ । एसएसपी कार्कीका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved