उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना
फाइल तस्वीर

छेन्दु । जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।

उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो ।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले आजै छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्र र १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गरेका थिए । उनले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved