यौन स्वास्थ्यलाई बुस्ट गर्न दैनिक खानुहोस् प्याज

नेपालभ्युज

यौन स्वास्थ्यलाई बुस्ट गर्न दैनिक खानुहोस् प्याज

एजेन्सी । तपाईं प्याज काँचै खानुहोस् वा पकाएर तर खानपानमा दैनिक प्याज सेवन अवश्य गर्नुहोस् । बलियो जरा भएको यो तरकारी पोषण तथा शक्तिशाली गुणहरुले भरिपूर्ण हुन्छ । प्राचीन चिकित्सामा यसको प्रयोग कैयौं स्वास्थ्य समस्याहरुका लागि प्रयोग गरिन्थ्यो । आयुर्वेदमा यसलाई टाउको दुखाई, मुखको घाउ ठिक गर्न तथा मुटुलाई स्वस्थ राख्नका लागि प्याजको सेवन गर्ने सल्लाह दिइन्छ ।

भिटामिन सी र बीले भरिपूर्ण हुने भएकाले यसले इम्यूनिटी बुस्ट गर्न पनि सहयोग गर्छ । कोलेस्ट्रोल कम गर्न, तौल घटाउन तथा रगतमा सुगरको मात्रालाई सन्तुलित राख्न र रक्तचापलाई नियन्त्रण गर्न पनि प्याजको सेवन लाभदायक मानिन्छ ।

तर के तपाईंलाई थाहा छ ? प्याजको सेवन महिलाहरुको तुलनामा पुरुषहरुका लागि अत्यधिक फाइदाजनक हुन सक्छ । किनकी यसले पुरुषका केही सामान्य तथा गुप्त समस्याहरुलाई टाढा भगाउन लाभदायक हुन सक्छ । फिटनेस कोच, न्यूट्रिशनिस्ट तथा सप्लीमेन्ट स्पेशलिस्टका अनुसार ‘पुरुषहरुको सेक्स सम्बन्धी समस्याहरुलाई टाढा भगाउन तथा उनीहरुको स्टेमिना बढाउनका लागि प्याज एकदमै फाइदाजनक सावित हुन सक्छ ।’ यही बारेमा विस्तारमा जान्ने प्रयास गरौं ।

न्यूट्रिशनिस्टका अनुसार प्याजमा कामोत्तेजक प्रभाव हुने गर्छ । यसले यौन इच्छालाई उत्तेजित गर्छ । पुरुषमा टेस्टोस्टेरोन हर्मोनको स्तर बढाउन पनि सहयोग गर्छ । मुसाहरुमा गरिएको केही अध्ययनमा यस्तो देखिएको छ कि ताजा प्याजको रसले मुसामा टेस्टोस्टेरोन र स्पर्म काउन्टलाई बढाउँछ । यसरी प्याज खाँदा पुरुषहरुको यौन स्वास्थ्यमा सुधार गर्न सहयोग गर्छ । यसले पुरुषहरुमा कामेच्छालाई स्टिमुलेट गर्छ र उनीहरुको ऊर्जा बढाउने काम गर्छ ।

यसबारेमा अझै धेरै अध्ययनहरुको आवश्यक छ । महिलाहरुको यौन स्वास्थ्यमा प्याजको सेवनलाई लिएर अझै अरु अध्ययनहरुको कमी छ । नियमित प्याजको सेवन गर्नाले पुरुषहरुका कैयौं समस्याहरु भने निको हुन सक्छन् । जस्तै शीघ्रपतनको समस्या कम हुन्छ । चिन्ता र तनाव कम गर्न पनि प्याज उपयोगी छ । त्यस्तै यसले मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा थकान कम गर्ने पनि गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved