असन्तुष्टि रहे पनि बजेट पारित गर्‍यौंः अध्यक्ष यादव

नेपालभ्युज

असन्तुष्टि रहे पनि बजेट पारित गर्‍यौंः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको तर्क गरेका छन् ।

बुधवार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका हुन् । उनले आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको बताए ।

‘असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ । सरकारले धेरै कुराहरु करेक्शन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो’ उनले भने, ‘भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ भ्रष्टाचार हुने कारण के हो त्यसको पनि निरुपण खोज्नुपर्छ ।’

उनले देशमा भ्रष्टाचारको न्यूनीकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved