बागमती प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने तयारीमा एमाले

नेपालभ्युज

बागमती प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने तयारीमा एमाले

काठमाडौ‌ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आज बागमती प्रदेशसभा र्बैठक बस्दैछ । आसार १ गते प्रदेशसभामा प्रस्तुत भएको बजेटमाथि छलफल गर्नका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बजेटप्रति असन्तुष्ट प्रतिपक्षी नेकपा एमालेले भने छलफलमा सहभागी नहुने जनाएको छ । बजेट संशोधन नभए पारित हुन नदिने अडान लिँदै आएको एमालेले आजको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

असार १ गतेकै प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved