पुटिनमाथि हमला गर्ने योजना थिएन : वाग्नर प्रमुख प्रिगोजिन

नेपालभ्युज

पुटिनमाथि हमला गर्ने योजना थिएन : वाग्नर प्रमुख प्रिगोजिन

एजेन्सी। रुसी निजि सेनाको समूह वाग्नरका अध्यक्ष येभगेनी प्रिगोजिनले आफूहरुको विद्रोहमा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि हमला गर्ने कुनै योजना नरहेको बताएका छन् ।

एक अडियो सन्देश जारी गर्दै अध्यक्ष प्रिगोजिनले  गत हप्ता मस्कोसम्मको मार्च घोषणा गर्दा आफूले रुसी राष्ट्रपति पुटिनलाई लक्षित नगरेको बताएका बीबीसीले जनाएको छ ।

११ मिनेटको अडियोमा उनले भनेका छन, “मस्को लक्षित हाम्रो मार्चको उद्देश्य वाग्नरलाई बर्बाद हुनबाट बचाउनु र रक्षामन्त्रीको गैरजिम्मेवारपूर्ण कदमहरूले निम्त्याएका विषयमा खुलस्त पार्नु थियो।”

आफूहरुले सरकार ढाल्नको लागि नभई न्यायको लागि हतियारसहित मार्चको आयोजना गरेको तर रक्तपातपूर्ण अवस्था आउने देखेपछि पछि हटेको उनको भनाई छ ।

सरकारसँग सम्झौता गरपछि मात्रै आफूहरु मस्को नगई बीचबाटोबाटै फर्किएको भन्दै उनले सम्झौता विपरित वाग्नर समूह खारेज वा सरकारी सेनामा विलय गराउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

प्रिगोजिनले भने कि बेलारुसी नेता अलेक्ज्याण्डर लुकाशेन्कोले सम्झौतामा प्रमुख भूमिका खेलेका थिए। ।प्रिगोजिनले टेलिग्राममा शेयर गरेको अडियो सन्देशमा उनी कहाँ थिए भनेर खुलाएनन् । यद्यपी उनि बेलारुसमा भएको अनुमान छ ।

गत हप्ता प्रिगोजिनले रुसी सेना विरुद्ध विद्रोहको बाटो लिएका थिए ।  प्रिगोजिनको घोषणाबाट स्तब्ध भएका राष्ट्रपति पुटिनले यसलाई ‘पिठमा चक्कु’ को रूपमा वर्णन गरे र रूसलाई ‘धोखा’ दिनेलाई सजाय दिने बताएका थिए । यस पछि, प्रिगोजिन मस्को नगई बेलारुस पुगेका बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved