११ किलो सुन घोटाला आशंकामा जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

नेपालभ्युज

११ किलो सुन घोटाला आशंकामा जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

काठमाडौं। पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीमा परिमाणभन्दा कम सुन भएको आशंका देखिएपछिअख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

त्यसकै लागि अख्तियारको टोली आज पशुपतिनाथ मन्दिरमा पुगेको छ। जलहरी राख्दा अनियमितता भएको बाहिर आएपछि त्यसबारे अख्तियारमा उजुरी परेको थियो।

जलहरीमा ११ किलो सुन हुनुपर्नेमा कम परिणाम राखेर अनियमितता भएको भन्ने खालको प्रश्न उठिरहेको छ । पछिल्लो समय त्यो विषयमा दबाब परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । अख्तियारको टोलीले पशुपतिनाथमा पुगेर नापजाँच गरेको छ ।

टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पनि संलग्न भएका छन् ।

टोलीले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे-नरहेकोलगायत विषयमा छानबिन गर्न लागेको छ । यस विषयमा थप जानकारी पछि सार्वजनिक गर्ने अख्तियारका प्रवक्ता भोला दाहालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved