छालालाई कसिलो बनाउनका लागि गर्ने योगासन

नेपालभ्युज

छालालाई कसिलो बनाउनका लागि गर्ने योगासन

एजेन्सी । हिजोआजको खराब खानपानको कारणले छाला खुकुलो हुने, तन्किने समस्या हुन्छ । यस्तोमा तपाईं केही योगहरुको अभ्यास गरेर पनि छालालाई कसिलो बनाउन सक्नुहुन्छ । त्यसका लागि विभिन्न योगासनहरु हामीले खोजेर ल्याएका छौं ।

उत्तानासन

उत्तानासन गर्नु स्वास्थ्यका लागि अन्य तरिकाले त फाइदा गर्छ नै साथमा छालालाई कसिलो बनाउन पनि यो एकदमै लाभकारी हुन्छ । यसलाई गर्नाले छालामा हुने चाउरीपना कम हुनुका साथै छाला कसिलो हुन्छ ।

हलासन

शरीरमा लचिलोपन बढ्नुका साथै हलासन गर्नाले छाला बुढो हुनबाट जोगाउँछ । नियमित यो योग गर्दा बढ्दो उमेरसँगै देखिने छालाको समस्या पनि कम हुन्छ ।

सर्वांगासन

सर्वांगासन गर्नु पनि छालालाई स्वस्थ बनाइराख्नका लागि एकदमै प्रभावकारी हुन्छ । यसलाई गर्नाले रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा छाला स्वस्थ हुन्छ साथै प्राकृतिक रुपबाट कसिलो पनि हुन्छ ।

फेस योगा

छालालाई कसिलो बनाउनका लागि तपाईं फेस योगा यानिकी अनुहारमा गरियो योग पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले तपाईंका गालाहरु सुन्दर देखिनेछन् साथै अनुहारमा पनि कसावट आउँछ ।

बाल बकासन

बाल बकासन यानिकी बेबी पोज गर्नाले पनि शरीर लचिलो बन्छ । साथै यसले मांसपेशी तथा छालामा कसावट ल्याउने काम गर्छ । नियमित रुपमा यसलाई गर्नाले चाउरीपना तथा दागधब्बा पनि कम हुन थाल्छन् ।

भुजंगासन

भुजंगासन छालामा देखिने बुढ्यौलीको समस्यालाई सुस्त सुस्त कम गर्न असरदार हुन्छ । यसले छाला तन्किएको वा झोल्लिएको पनि समस्या कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved