कपाल झर्नबाट रोक्न महँगा स्याम्पु पनि फेल छन् यी योगासनका अगाडि

नेपालभ्युज

कपाल झर्नबाट रोक्न महँगा स्याम्पु पनि फेल छन् यी योगासनका अगाडि

एजेन्सी। कपाल झर्नु आजकल युवतीको मात्र समस्या नभएर युवाहरूको पनि उत्तिकै समस्या छ । कपाल झर्ने, टुक्रिने, सुख्खा हुने आदि समस्याबाट छुट्कारा पाउनका लागि जो कोही पनि प्रभावकारी स्याम्पु, तेल आदिको खोजीमा हुन्छन् ।

यस्ता विभिन्न सामग्री प्रयोग गर्दा पनि कपालको समस्या जस्ताको तस्तै छ भने तपाईं केही फरक तरिकाले कोसिस गर्न सक्नुहुन्छ ।

त्यसका लागि यदि तपाईंले केही योगासनहरू नियमित गर्नुभयो भने कपाल झर्ने समस्या सँगै कपाल बाक्लो पनि हुने निश्चित छ । यस्तो कैयौं योगासन छन्, जसले तपाईंको कपाल झर्ने समस्याबाट छुट्कारा दिन्छन् साथमा कपाल बढ्ने र बाक्लो पनि हुने गर्छ । आउनुहोस् जानौं ती योगासनका बारेमा ।

उत्तानासन

उत्तानासनलाई क्यामेल पोज पनि भनिन्छ । सुरुआती समयमा यो गर्न एकदमै गाह्रो लाग्छ । तर, नियमित गर्दै जाँदा यो सरल हुन थाल्छ । यो आसनले टाउकोसम्म अक्सिजनको प्रवाहलाई राम्रो बनाउने काम गर्छ । यसको माध्यमबाट कपालका जरा तथा फोलिकलहरू बलियो हुन्छन् र कपाल तीव्र गतिमा बढ्न थाल्छ ।

मत्स्यासन

मत्स्यासन वा फिस पोज, कपालको ग्रोथलाई दुई गुणाको गतिमा बढाउन प्रभावकारी छ । यो आसन सजिलै घरमा गर्न सकिन्छ । यस आसनको माध्यमबाट टाउकोसम्म अक्सीजन सही मात्रामा पुग्छ । जसले गर्दा कपालले राम्रोसँग बढ्न पाउँछ ।

बज्रासन

यो एकदमै सरल योगासन हो । कपाल बढाउने तथा पातलो झर्ने कपालको समस्याबाट छुट्कारा पाउनका लागि यो आसन एकदमै प्रभावकारी हुन्छ । खासमा यसले पेटको पाचन प्रक्रियालाई पनि सही गराउँछ । धेरैजसो कपाल झर्ने र पातलो हुनुको पछाडि पेट खराब हुनु पनि हो ।

शीर्षासन

शीर्षासनलाई ह्यान्डस्ट्यान्ड पोजिसनको नामले पनि चिनिन्छ । यस आसनलाई गर्नाले टाउकोसम्म रक्तप्रवाह राम्रो हुन्छ । जसले गर्दा कपाल झर्न तथा पातलो हुने समस्या निर्मूल हुन्छ । यसबाहेक कपाललाई पुनः उमार्नका लागि पनि यो योगासन एकदमै प्रभावकारी छ । कपालको समस्याबाट छुट्कारा पाउनका लागि शीर्षासन गरेर हेर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved