गोरखा जिप दुर्घटना : ज्यान गुमाएका पाँचै जनाको परिचय खुल्यो

नेपालभ्युज

गोरखा जिप दुर्घटना : ज्यान गुमाएका पाँचै जनाको परिचय खुल्यो

गोरखा। गोरखामा दुलहीसँग टिकोटालो गरेर फर्कँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गएराति गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।

दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीबार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved