ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित, राई बने महासचिव

नेपालभ्युज

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित, राई बने महासचिव

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थापन पक्षमा उम्मेदवार योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । संस्थापनइतर समूहका उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै कुँवर निर्वाचित भएका हुन् । बिहीबार दिउँसो सार्वजनिक मतपरिणामअनुसार निर्वाचित कुँवरले ४४१ मत प्राप्त गरे भने यादवले ३ सय ७६ मत पाएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा भने संस्थापनइतरका तेजेन्द्रजंग कार्की निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका अयोध्याप्रसाद यादवलाई पराजित गरेका हुन् ।

खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् भने महासचिवमा अजय कुमार राई निर्वाचित भएका छन् ।

राईले संस्थापन पक्षका डीपी अर्याललाई पराजित गरेका हुन्।

कोषाध्यक्षमा सञ्जयकुमार दाहाल निर्वाचित भएका छन् भने खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ तथा महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved