रामहरी खतिवडाको आग्रह- सभापति र महामन्त्रीले एकले अर्कोलाई नखुइल्याउनु

नेपालभ्युज

रामहरी खतिवडाको आग्रह- सभापति र महामन्त्रीले एकले अर्कोलाई नखुइल्याउनु

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् । बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका हुन् । उनले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोहीपनि दह्रो नहुने बताए ।

उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताए ।

‘म कसैले सघायो पनि भन्दिन । सहयोग नै नगरेको पनि भन्दिन । महामन्त्री पद पनि निर्वाचित सभापति पछिको असाध्यै महत्वपूर्ण पद हो । सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ’ उनले भने, ‘अहिले कांग्रेसले मात्र विकल्प खोजेर हुँदैन । काँग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन् । त्यसैले काँग्रेस पार्टी, विधान, संविधान र देश पनि बचाउने बाटोमा जानुपर्छ । एकले अर्कोलाई खुइल्याएर  नेपालको राजनीतिमा कोही नेताहरु दह्रा हुँदैनन् ।’

उनले सत्तारुढ गठबन्धनका केही दलहरुले आफूहरुलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेको बताए । उनले मोर्चामा आवद्ध दलहरुलाई पार्टी एकता नै गर्न सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved