विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छः गृहमन्त्री श्रेष्ठ

नेपालभ्युज

विपद् प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्युत, खाद्यान्न लगायतका कनेक्टिभिटी तत्काल जोड्ने गरी काम गरिरहेको बताए।

बाढी पहिरो विपद्बाट बेपत्ता भएको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको उनको दाबी छ। गृहमन्त्री श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीयवासी र बस्तीको स्तान्तरण नभएको भए तत्काल बस्ती स्तान्तरण गर्ने काम गरिने बताए।

उनले बाढी पहिरोबाट मानव र बस्ती जोगाउँदै घाइतेहरूको उपचारमा जोड दिएर काम गरिरहेको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved