नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती

नेपालभ्युज

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती
फाइल फोटो

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सिमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने, ‘यो सुरुवात गर्नु धेरै ठूलो कुरा हो। योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो। यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ। सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो। योभन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन। तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ। त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ। हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ।’

मन्त्री किरातीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्ने समेत बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved