मन्त्री सिंहको निधनमा आज सुदूरपश्चिममा शोक बिदा

नेपालभ्युज

मन्त्री सिंहको निधनमा आज सुदूरपश्चिममा शोक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज बुधबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो । साथै बैठकले शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो ।

मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको गाडी दुर्घटना भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved