सुदूरपश्चिमका कानुनमन्त्री सिंहको उपचारका क्रममा मृत्यु

नेपालभ्युज

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको उपचारका क्रममा मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बझाङमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई तत्कालै उद्दार गरेर उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उपचारका क्रममा मंगलबार बेलुकी ५ः ३३ बजे मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।

मन्त्री सिंहसँगै घाइते भएका सवारी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको उपचार भइरहेको छ । दुवैको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परेर मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सवार गाडी मंगलबार दिउँसो पौने २ बजे बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको हो ।

जीप दुर्घटनामा मन्त्री सिंहकी पत्नी र भाउजुको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved