उपप्राध्यापक चलाउने पक्षधरको निवेदनमा सुनुवाइ भएन

जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न मानेको छैन।

नेपालभ्युज

उपप्राध्यापक चलाउने पक्षधरको निवेदनमा सुनुवाइ भएन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न मानेको छैन।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेस भएको भन्दै त्यस्तो निवेदन सुनुवाइ गर्न नमानेका हुन्।

निवेदन पेशीमा चढाएर मात्रै पेस गर्न आदेश दिइएको छ। मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ पीडित प्रेम चलाउनेका वकिल त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए। मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानुन व्यवसायीहरू त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए।

अधिवक्ताहरू स्वागत नेपाल, राधिका चौलागाईलगायतले मुद्दा फिर्ताको निर्णय प्रक्रियासम्मत नभएको भन्दै अनुमति दिन नहुने माग गरेका छन्।

त्रविका उपप्राध्यापक प्रेम चलाउन केही वर्षअघि नेविसंघका विद्यार्थीहरूको आक्रमणमा परी सख्त घाइते भएका थिए। हालै, मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। निर्णय भएसँगै चलाउने आफैँ अदालतमा पुगी प्रदर्शनमा उत्रिएका थिए।

प्रेम चलाउनेको न्यायका लागि अदालत अगाडि प्रदर्शन, केही पक्राउ (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved