ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार जना विस्थापित

नेपालभ्युज

ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार जना विस्थापित

रियो दि जेनेरियो। ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना अझै सम्पर्कमा नआएको अधिकारीले बताए ।

आँधीपछि आएको बाढीका कारण डुबानमा परेका सयौँ मानिसलाई हेलिकप्टरबाट पानी बाहिर निकालिएको छ । आँधीका कारण करिब पाँच हजार परिवार घरवारविहीन बनेका छन् भने झण्डै एक लाख व्यक्ति विद्युतीय सेवाबाट बञ्चित बनेका छन् ।

बिहीबारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण जाखिममा रहेका करिब ८० हजार व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved