खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए ।

नेपालभ्युज

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विगत केही दिनयता आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा ठुलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको बताएका हुन् ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए ।

भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरोबाट ठुलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराएका छन्  ।

भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्ध स्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए ।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि उल्लेख गरे ।

भेटमा पूर्व मन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्व मन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लीला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू उपस्थित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved