भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपालभ्युज

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रति लिटर  ८६ पैसा र डिजल प्रति लिटर  ३४ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार  आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १२ रुपैयाँ र डिजेल लिटरमा १५ रुपैयाँ नाफा रहने निगमले जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved