उच्च रक्तचापमा कति नुन खाने ?

नेपालभ्युज

उच्च रक्तचापमा कति नुन खाने ?

एजेन्सी । उच्च रक्तचापको समस्यामा नुन कम खाने सल्लाह दिइन्छ । यस विषयलाई लिएर विरामीहरुमा धेरै नै भ्रम रहन्छ । त्यसैले यस्तो अवस्थामा कति नुन खानु सही हुन्छ भनेर जान्न आवश्यक छ ।

यदी तपाईं उच्च रक्तचापको विरामी हुनुहन्छ भने नुनको सेवन धेरै कम मात्रामा गर्नु पर्दछ । यस्तोमा सामान्य भन्दा धेरै नुन खानु उच्च रक्तचापलाई अझै बढाउन सक्छ । यदी तपाईं उच्च रक्तचापको विरामी हुनुहुन्छ भने यस्तोमा १.५ ग्राम नुन खाने सल्लाह दिइन्छ । यो भन्दा धेरै नुनको सेवनले रक्तचाप बढाउन सक्छ ।

स्वास्थ्य विशेषज्ञहरुलाई मान्ने हो भने उच्च रक्तचापमा ‘रक साल्ट’ खानु फाइदाजनक मानिन्छ । यसमा पोटाशियम हुन्छ जसले सोडियमलाई नियन्त्रण गरेर रक्तचापलाई बढ्नबाट रोक्छ । स्वास्थ्य विशेषज्ञहरुको अनुसार स्वस्थ व्यक्तिले दिनभरमा ५ ग्राम भन्दा धेरै नुनको सेवन गर्नु हुँदैन । यदी तपाईंले यो भन्दा धेरै नुन खानुहुन्छ भने रक्तचाप बढ्न सक्छ ।

धेरै नुन खाँदा शरीरमा सोडियमको मात्रा धेरै हुन्छ जसले गर्दा वाटर रिटेन्शन हुन सक्छ जसले शरीर सुन्निने तथा तौल बढ्ने पनि हुन सक्छ ।

सोडियम कम गर्न एकदमै सजिलो छ । यसका लागि तपाईं प्रसोधित खाना, तारेको भुटेको, रोस्ट गरेको तथा डब्बामा बन्द भएको खानाहरु खान बन्द गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved