स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटना : ८ जना गम्भीर घाइते

नेपालभ्युज

स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटना : ८ जना गम्भीर घाइते

दाङ। प्युठानको स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो मन्दिर दर्शन गरी फर्किने क्रममा लु. १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको हो।

कारमा सवार दुई पुरुष, दुई महिला र ४ जना बालबालिकालाई जिल्ला अस्पताल खलंगा पठाएको प्युठानका प्रहरी निरीक्षक शुशिल थापा मगरले जानकारी दिए ।

कार सडकबाट ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार ८ जना नै अचेत अवस्थामा छन् । उनीहरु दाङको लमहीबाट स्वर्गद्वारी मन्दिरको दर्शनका लागि गएको पनि प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved