मध्य बानेश्वरमा सामसङले गर्‍यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

नेपालभ्युज

मध्य बानेश्वरमा सामसङले गर्‍यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

काठमाडौं। सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिति थियो ।

सामसङद्वारा नेपालमा खोलिएको २१औँ सर्भिस सेन्टर हो ।

बिक्रीपछिको गुणस्तर सेवा लगायत ग्राहकहरूका लागि निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हालसम्मै सामसङले काठमाडौं उपत्यकाभित्र पाँचवटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिले देखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो र बानेश्वरस्थित रहेको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने छ । सो सर्भिस सेन्टरबाट बानेश्वरलगायत कोटेश्वर, चाबाहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved