प्रधानमन्त्रीको प्रतिबद्धता- सरकारले दलितसम्बन्धी विशेष कार्यक्रम ल्याउँछ

नेपालभ्युज

प्रधानमन्त्रीको प्रतिबद्धता- सरकारले दलितसम्बन्धी विशेष कार्यक्रम ल्याउँछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले दलितसम्बन्धी विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको शुभकामन व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । “सरकारले दलितसम्बन्धी विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गर्दै दलित समुदायलाई आफ्नो मुक्तिका लागि आजको दिनले निरन्तर संघर्ष गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्री प्रचण्डको शुभकामना वक्तव्यमा भनिएको छ ।

उनले विगतमा दलित समुदायलाई सुनियोजितरूपमा पछाडि पारिएको ठहर गरेका छन् । “दलित समुदायलाई सामाजिक जीवनका समग्र क्षेत्रमा विकास गराउन प्रतिबद्ध हुँदै नेपाल सरकारले यो समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत सामाजिक जीवनका समग्र क्षेत्रमा सुनियोजित रूपमा पछाडि पारिएको कुराको राज्यद्धारा आत्मसात गर्दै दलितसम्बन्धी विशेष कार्यक्रम ल्याउछौँ,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved