बुटवलमा बसले स्कुटरलाई ठक्कर दिँदा गुल्मीका दुई युवाको ज्यान गयो

नेपालभ्युज

रुपन्देही। बुटवलमा भएको दुर्घटनामा गुल्मीका दुई जना युवाको ज्यान गएको छ

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved