मोदीसँग तीनपटक छुट्टाछुट्टै भेटेपछि बिग्रिन लागेको परिस्थिति सहज बन्यो : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

मोदीसँग तीनपटक छुट्टाछुट्टै भेटेपछि बिग्रिन लागेको परिस्थिति सहज  बन्यो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटकछुट्टाछुट्टै भेटेपछि परिस्थिति सहज बनेको बताएका छन् । भेटपछि धेरै कुरा राम्रो र ठूलो कुराको सुरुवात भएको उनले बताए ।

नयाँदिल्लीमा आज केही सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’

उनले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्त्वपूर्ण भएको बताए । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।

भारतको चारदिने भ्रमणका नयाँदिल्ली आएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved