नक्कली भुटानी शरणार्थी प्रकरण : आज थप तीनजनाको बयान हुँदै

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : आज थप तीनजनाको बयान हुँदै

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बुधबार थप तीन प्रतीवादीको बयान सुरु भएको छ । काठमाडौं जिल्ल अदालतमा उनीहरूको बयान सुरु भएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र गोविन्द चौधरीको बयान शुरु भएको हो। यो प्रकरणमा मुछिएका प्रतिवादीको बयान जेठ १२ गतेदेखि लिन थालिएको हो।

अहिलेसम्म ८ जना प्रतिवादीको बयान लिइसकिएको छ । पूर्वगृहमन्त्री रामबहादु थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र नरेन्द्र केसीसहित केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ र सन्देश शर्माको बयान सकिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । तीमध्ये १७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् । अघिल्लो बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

पक्राउ परेका र फरार अभियुक्तहरूविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरुद्धको गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्तासँगै २७ करोड २१ लाख बिगो माग गरिएको छ ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, सचिव सहितका १७ जना पक्राउ परेका छन्। यही प्रकरणमा फरार रहेका थप १३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, डा.इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी, लक्ष्मी महर्जन र रामशरण केसी पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved