केही समयभित्रै भ्रष्टाचारविरुद्ध ठूलो एक्सन हुँदैछ : प्रधानमन्त्री

नेपालभ्युज

केही समयभित्रै भ्रष्टाचारविरुद्ध ठूलो एक्सन हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचार विरुद्ध ठूला–ठूला एक्सन हुने दाबी गरे रेका छन् ।  कारवाहीलाई जनयुद्धसँग तुलना गरेका छन् । उन

प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवम् २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले शरणार्थी प्रकरणमा सरकारले एक्सन अघि बढाएको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम्फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम्फालिसकेका छौ । केही समयभित्रै ठूला ठूला एक्सनहरु हुनेछन् ।’

उनले सरकाले लिने एक्सनको तरंग पनि ठूल्ठूला हुने उल्लेख गरे । महान सहिदहरुको सपना पूरा गर्ने योभन्दा अर्को बाटो नभएको उनको भनाइ थियो ।

प्रचण्डले थपे, ‘जनयुद्ध सुरु गर्दा को कतिबेला मारिने हो भन्ने टुंगो थिएन, मृत्युवरण गरेर हाम्फालेका थियौं । अहिलेको लडाईं पनि त्यस्तै त्यस्तै छ । दुश्मनको घात प्रतिघातमा कहिले परिने हो टुंगो छैन । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेको छौं ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा साथ दिने आशा व्यक्त गरे ।

उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved