विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट

नेपालभ्युज

विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट

काठमाडौं । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्टको आयोजना गर्ने भएको छ । यसका लागि सम्पुर्ण तयारी पुरा भएको एनसेलले जनाएको छ ।

कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी लगायतले आ–आफ्ना प्रस्तुतीहरु राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजे सम्म चल्ने छ ।

सो कार्यक्रममा सहभागी हुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्नेछन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्नेछन्।

‘म लगायत रिदम ब्यान्डका साथीहरु र अन्य थुप्रै साथीहरुले यो कार्यक्रममा प्रस्तुती राख्दै छौं । आफ्ना साथीभाई, परिवारका सदस्यहरुसँग आउनुहोस् सँगै मिलेर रमाईलो गरौं,’ कलाकार दिपक बज्राचार्यले  भने।  एलिमेन्ट्स ब्याण्डले दर्शकहरुलाई आफ्नो गीत संगितले भरपुर मनोरञ्जन प्रदान गर्न आफुहरु तयार रहेको बताएको छ ।

पुर्वमा रमाईलो गर्ने संयोग जुरेकोले दर्शकहरुलाई यो मौका नगुमाउन आषिश राना (लाउरे) ले सुझाव दिएका छन् । कन्सर्टको प्रत्यक्ष प्रशारण एनसेलको फेसबुक पेजबाट पनि हुने भएकाले देश विदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले कार्यक्रमको मजा लिन सक्नेछन् ।

यस कार्यक्रममा सहभागी सबैको सेवा सुविधाको लागि कार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ । सो स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सकिनेछ । यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास लिईएको छ ।

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे  आयोजना गरेको थियो ।

अर्थतन्त्र, पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्‍याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved