‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइनसम्बन्धी सहकार्य

नेपालभ्युज

‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइनसम्बन्धी सहकार्य

काठमाडौं। नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइनसम्बन्धी सहकार्य गरेको छ ।

‘नेपाली पात्रो’ ले नेपाली रेडियोहरू तथा अन्य डिजिटल मिडियाहरूसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरूले आ–आफ्नो प्रदेशका गतिविधिहरू सुन्न र अनलाइन समाचारहरूसँग अपडेट बस्न मिल्ने व्यवस्था गरेको हो ।

उक्त सहकार्यका लागि नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्की लाई सम्पर्क गर्न सकिने बताइएको छ । विगत १० वर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मेडियासँग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।

नेपाली पात्रो एप नेपालको पहिलो कम्यूनिटी एप हो । यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण, दैनिक, साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरू, विदेशी विनिमय दर, सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरू, ज्योतिष परामर्श सेवालगायत अन्य धेरै सुविधाहरू छन् ।

नेपाली तथा अंग्रेजी भाषासहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार स्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरूलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रूपमा परिचित रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved